कुखुरा चोर्ने विषयको विवादमा युवकको हत्या

खबरशाला संवाददाता  |  असोज ३०, २०७७

कुखुरा चोर्न थालेको भन्दै विवाद हुँदा दाङको राप्ती गाउँपालिकामा एक युवकको हत्या भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ वस्तीका १८ वर्षीय नरेश चौधरीको छिमेकीको कुटाईबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवनदेव भट्टले जानकारी दिए ।

चौधरीले कुखुरा चोर्न थालेको बेला देखेपछि ६० वर्षीय खलबहादुर घर्ती र उनका छोरा २६ वर्षीय ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरीको मृत्यु भएको पिडीत परिवारले बताएको छ ।

घटनामा संलग्न खलबहादुर घर्ती र ओमप्रकाश घर्तीलाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको जनाईएको छ । उता दाङको बबई गाउँपालिका वडा नं ६ निवासी ३७ वर्षीय गणेश केसीमृत फेला परेका छन् ।

केसी नालाको छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस