दाङका दुई महिलालाई चिठ्ठा पर्याे भनि ठगी गर्ने तीन पक्राउ

खबरशाला संवाददाता  |  असोज २, २०७७


घोराही, २९ असोज ।
सामाजिक सञ्जाल इमोमार्फत चिठ्ठा प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा प¥यो भनेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका–६ निवासी १८ बर्षीय सुमन झा, रौतहट जिल्ला गोनाही–६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका–१६ नगवा बस्ने १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

यहि असोज २२ गतेका दिन पीडित महिलाले इमोमार्फत चिट्ठा प¥यो भनेर आफुलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको छ । उनीहरुले ठुलो धनराशीको प्रलोभन देखाई आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत ६३ हजार रुपैया रकम पठाउन लगाएका थिए ।

उक्त रकम पठाईसकेपछि पनि पुन ः फोन, म्यासेज, भ्वाईकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफु ठगिएको महसुश गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

सोहि निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख चन्दले बताए । पक्राउ परेका व्यक्तिहरुलाई सात दिनको म्यादथप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस