तुलसीपुरमा गर्भपतन गराउनेमा शिक्षित धेरै

खबरशाला संवाददाता  |  असोज २, २०७७


तुलसीपुरमा गर्भपतन गराउँनेहरुमा शिक्षितको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आयोजना गरेको कार्यक्रममा मेडिकल सुपेरिटेन्डेन्ट डा. सर्वेश शर्माले यस्तो जानकारी दिएका हुन् ।

‘हाम्रो अस्पतालमा गराउँनेहरुको तथ्यांक मात्रै हो यो ’ उनले भने । अस्पतालले एक वर्षमा गरेको कामको विवरण प्रस्तुत गर्दै मेसु शर्माले आर्थिक वर्ष २०७६÷७७ मा साक्षरमध्येबाट १ सय २८ जनाले गर्भपतन गराएको जानकारी गराए ।

उनका अनुसार सोही आर्थिक वर्षमा निरक्षरहरु मध्ये १२ जनाले मात्रै गर्भपतन गराएका थिए । यसैगरी एसइइ सम्म पढेका ८ जनाले गर्भपतन गराएका छन् भने प्लसटुसम्म पढेका १२ जना र स्नातक तहमाथिका ५जनाले मात्रै गर्भपतन गराएका छन् ।

प्रतिक्रिया दिनुहोस