प्रदेशभर यो वर्ष विपतमा परि एक सय ७० जनाको मृत्यु

खबरशाला संवाददाता  |  असोज २८, २०७७


घोराही, २८ असोज
लुम्विनी प्रदेशमा यस बर्ष विभिन्न विपतमा परि एक सय ७० जनाको मृत्युभएको छ । लुम्बिनी प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालका अनुसार प्रदेशभर १ सय७० जनाको मृत्यु र १ सय ४४ जना घाइते भएका छन् ।

यता दाङमा मात्रै यो वर्ष विपतबाट ४८ जनाको मृत्यु भएको छ । विभिन्न विपतका घटनामा परि २२ जना घाइते भएका छन् । विपत जोखिम न्यूनिकरण गर्न प्रदेशले २ सय ७३ वटा रणनीतिक योजनाहरु तय गरेको समेत दाहालले जानकारी दिएका हुन् ।

प्रदेशभरका १२ वटा जिल्लामा यस वर्षमा ४ सय ८ वटा विपतका घटनाहरु भएका थिए । विपतका घटनाहरुलाई न्यूनिकरणका लागि स्थानिय सरकारहरुले योजना र बजेटको व्यवस्थापन गरेको जनाएका छन् ।।

प्रतिक्रिया दिनुहोस