घोराही १३ का वडा अध्यक्षलाई कोरोना, एक साता कार्यालय बन्द

खबरशाला संवाददाता  |  असोज २८, २०७७


घोराही, २८ असोज

घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्षलाई कोरोना भाइरसको संक्रमण भए पछि एक साता वडा कार्यालय बन्द गरिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा वडा अध्यक्ष रविलाल घर्तीमगरलाई हिजो कोरोना संक्रमण देखिएको हो ।

कार्यबहाक वडा अध्यक्ष पबित्रा विकको अध्यक्षतामा बैठक बसी कार्तिक ४ गते सम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै यस विचमा अध्यक्षको सम्पर्कमा रहि काम गरेका जनप्रतिनिधी एवं कर्मचारीहरुले समेत पिसिआर परिक्षण गर्ने निर्णय भएको छ ।

यस अघि वडा नम्बर २ का अध्यक्षलाई समेत कोरोना पुष्टि भएको थियो । घोराही उपमहानगरपालिका भित्र अहिले सम्म ५ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ४ सय २ जना संक्रमण मुक्त भैसकेका छन् ।।

प्रतिक्रिया दिनुहोस