कोराेना अस्पताल बेलझुण्डीमा पाँच जना आईसियुमा उपचाररत

खबरशाला संवाददाता  |  असोज २७, २०७७


तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पाँच जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालमा १३ जना संक्रमित मध्ये पाँच जनाको आईसियुमा, सात जनाको जनरल वार्ड र एक जनाको एचडियुमा उपचार भईरहेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिएका छन् ।
उनका अनुसार हाल अस्पतालमा दाङका ९ जना, रोल्पा र रुपन्देहीका २÷२ जना रहेका छन् । जसमा जिल्लाको तुलसीपुर, घोराही र बबईगाउँपालिकाका रहेका छन् । आईसियुमा उपचाररत तुलसीपुर र घोराहीको रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् ।
लम्बिनी प्रदेश सरकारद्धारा सन्चालित कोरोना विशेष अस्पतालमा अहिले कोरोना लक्षण देखीएका संक्रमित मात्रै रहेका छन् । अस्पतालमा यस अघि सुरुमा कोरोना आसंकामा रहेका व्यक्तीहरुलाई राख्ने गरिएको थियो ।त्यसपछि कोरोना संक्रमितलाई मात्रै राख्ने गरिएकोमा प्रदेश सरकारले आईसियुको समेत व्यवस्थापन गरी लक्षण देखीएकाहरुलाई राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस