कार्यालयमा कोरोना फैलिदै, ६ सरकारी अफिस बन्द

खबरशाला संवाददाता  |  असोज २७, २०७७


घोराही । जनप्रतिनिधि सहित कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिए पछि दाङका ६ वटा सरकारी निकायहरु बन्द भएका छन् ।

यस अघि जिल्ला प्रशासन, नापी कार्यालय, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकाको वडा नम्बर ६ बन्द भएका थिए भने बबई गाउँपालिका र यातायात कार्यालय पनि बन्द भएका छन् ।

समुदाय स्तरमा पुगेको कोरोना भाइरसको संक्रमण संस्थागत स्तरमा समेत फैलिदै गएको छ । दाङमा अहिले सम्म १५ सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमितको संख्या झनै बढ्दै गएको छ ।।

प्रतिक्रिया दिनुहोस