बबई गाउँपालिकाका अध्यक्ष सहित दाङमा ५३ जनामा संक्रमण पुष्टि

चन्द्रप्रकाश नेपाली  |  असोज २६, २०७७


चन्द्रप्रकाश नेपाली


तुलसीपुर । दाङमा सोमबार बबई गाउपालिकाका अध्यक्ष सहित ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर जाँचमा ३५ जना पुरुष र १८ जना महिला गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराही उपमहानगरका १५ जना पुरुष र १२ जना महिला गरि २७ जना रहेका छन् भने तुलसीपुरमा १८ महिने बालिका सहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा ११ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

उता बबई गाउँपालिकाका अध्यक्षसहित ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै लमही नगरपालिकाका, राप्ती र गढवा गाउँपालिकामा एक एक जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

आज थपिएका ५३ जना सहित दाङका कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९ पुगेको छ । ति मध्य एक हजार एक सय ३८ जना कोरोना मुक्त भएका छन् । दाङमा अहिले ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । उनिहरु मध्य ३ सय १२ जना घरमै छुट्टै कोठामा बसेका छन् । यस्तै देउखुरीको लालमटिया आईशोलेशनमा ४१ जना, बेलुझुण्डीमा १० जना र होटेलमा ४ जना आइसोलेशनमा बसेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार कोरोना बिषेश अस्पताल बेलझुण्डिमा रहेका १० जना मध्य ३ जना आइसियूमा छन् । उनीहरु घोराही उपमहानगगरपालिका, तुलसीपुर उपमहानगगरपालिका र बबई गाउपालिकाका एक एक जना संक्रमित रहेका छन् ।

संक्रमितको संख्या र मुत्यु हुने क्रम बढ्दै गईरहेकाले कोरोना बिरुद्धको सजकतालाई गम्भिरताका साथ पानला गर्न स्वाथ्य कार्यालय दाङका कोरोना फोकल पर्सन चन्दले आग्रह गरे । समुदायस्तरमै कोरोना फैनिएको अवस्थामा आम नगरिक सजक हुन जरुरी छ । अहिलेसम्म संक्रमणको औषधि पनि बनी नसकेकाले यसलाई जित्ने बिकल्प स्वयम् नागरिक सजकता नै महत्वपुर्ण आधार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस