बलत्कारीलाई फाँसीको माग गर्दै घोराहीका सडकमा उत्रिए किशोर किशोरी

चन्द्रप्रकाश नेपाली  |  असोज २४, २०७७

चन्द्रप्रकाश नेपाली


बलत्कारीलाई फसीको माग गर्दै घोराहीका किशोर किशोरीहरुले आन्दोलन सडकमा प्रर्दशन गरेका छन् । दैनिक रुपमा बलत्कारका घटना बढ्दै गईरहेको तर सरकारले कुनै कडा कानुन बनाउन नसकेको र बनेका कानुनको कार्यान्वयन पनि प्रभावकारी हुने नसकेको भन्दै शनिबार सडकमै आएर सरकार बिरुद्ध प्रर्दशन गरेका हुन् ।

दिनप्रति दिन बढ्दै गईरहेको महिला हिंसाका घटना बिरुद्ध विद्यार्थी किशोर किशोरीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् छलफल गरी बढ्दै गईरहेको बलत्कार जस्तो जघन्य अपराधका घटना न्युनिकरणमा सरकारले चासो नदिएको भन्दै सरकार बिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।

¥याली गर्दै घोराहीका बिभिन्न बजार परिक्रमा गरी सहिद गेटमा बिरोध सभा गरेका हुन् । बिद्यार्थीहरुले, महिला हिंसाको अन्त्य गर, हाम्रो युद्ध महिला हिंसा विरुद्ध, हिजो निर्मला, आज सम्झना भोली फेरी को, सरकार कहिले सम्म चुप जस्ता नारा लेखिएका प्लेकार्ड नारा लगाएका थिए । बलात्कृत महिलाको अनुहारमा भएका चोटको दाग जस्दै देखिने गरी अनुहार बिगारेका किशारीहरुले कार्यक्रममा मैनबत्ति बाल्दै पिडितको न्यायको माग गरिएको थियो ।

घोराही १८ मसिनाकी मिना कवरले दिनप्रतिदिन बलत्कारका घटना बढ्दै जादा पनि सरकारले ठोस कदम चाल्न नसकेको प्रति दुख ब्यक्त गरिन् । उनले भनिन्, –‘ भनिन्छ छोटो कपडा लगाएर बलत्कारका घटना बढ्दै गईरहेका छन्, तर त्यस्तो होईन । अहिले ६ महिने बालिकाको पनि बलत्कार हुने गरेको , ती बालिकाको बलत्कार छोटो कपडा लगाएकै करणले पक्कै भएको होईन्, निर्मला पन्त र सम्झना पनि छोटो कपडा लगाउने बस्तिका बालिका होईनन् तर उनीहरुको हत्या बलत्कारकै कारण भयो ।’– उनले भनिन् ‘यो संसार हामी बाँच्ने यथार्थ संसारै कसरी हुन् सक्छ, सक्छ भने बलत्कारीलाई फासी दिने कानुन बाट मात्रै त्यसैले बालत्कारीलाई फासी दिनैपर्छ” , उनले भनिन् ।

यस्तै अर्की किशोरी सिजल खनालले पछिल्लो तथ्याङ्क हेर्ने हो भने पनि प्रत्येक दिन २ जना महिला बलात्कृत भैरहेको बताईन् । गतवर्ष मात्रै २ हजार १ सय ४४ बलत्कारका घटना भए तर बालत्कारीलाई कारवाही नभएको गुनासो उनले राप्ती समाचारलाई सुनाईन् । उनले सरकार पक्षबाटै बलत्कारीलाई जोगाउने काम भएको भन्दै पिडितले न्याय नपाएको गुनासो गरिन् । अहिले देशको गरिमामय पदमा महिलाहरुको प्रतिनिधित्व हुदा पनि बलत्कारीको सजाएका लागि कडा कानुन बन्न नसकेको भन्दै गुनासो ब्यक्त गरिन् । देशले राष्ट्रपति महिला पाएपनि दिनप्रतिदिन बलत्कारका घटना बढ्दै जादा कडा कानुन बन्न र बनेका कानुको कार्यान्वयन हुन नसक्नुले आफुहरुलाई दुखी तुल्याएको सिजन खनाले बताईन् ।

बलत्कारको प्रत्यक्ष मारमा महिला पर्ने भएपनि बलत्कार विरुद्धको यो कार्यक्रममा पुरुषहरुको पनि धेरैमात्रामा सहभागीता थियो । सहभागी मध्येका एक किशोर शरद पाण्डे भने, –‘निर्मला पन्तको आमाको आँखामा आँसु सुक्यो होला, सम्झनाको आमाको आँसु बगिरहेका छन् भन्दै सरकारले बलत्कारीलाई कार्बाही गर्न नसक्नु निकै दुखद हो ।” सरकारले ती बलात्कृत किशोरीहरुको पिडामा मलम लगाउन नसकेको भन्दै कडा कानुन बनाउन र त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उनले बताए ।

बिरोध कार्यक्रममा सहभागीहरुले बलत्कारीलाई मृत्युदण्ड जस्तो कडा कार्बाही हुने कानुन बनाउन सरकालाई आग्रह गरेका छन् । जवसम्म बलत्कारीलाई मृत्युदण्डको सजाय हुदैन तव सम्म आफुहरु यो समाजमा शान्ति र सुरक्षाको अनुभुति हुन नसक्ने उनीहरुले वताए ।

प्रतिक्रिया दिनुहोस