स्थायी राजधानीबाटै काम सुरु गर्न माग, तत्काल प्रदेशसभा र मन्त्रालय राख्न सकिने संरचना

चन्द्रप्रकाश नेपाली  |  असोज २४, २०७७


चन्द्रप्रकाश नेपाली

घोराही । प्रदेश सरकारले स्थायी राजधानीको लागि दाङको राप्ती उपत्यका देउखुरीलाई दुई तिहाई बहुमतले पारित गरेसँगै लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा आवश्यक पूर्वाधारकाे खोजी तिब्र पारिएको छ । गाउँपालिकाले राजधानी स्थापनाका लागी सरकारी जग्गा र पूर्वाधार प्रयाप्त मात्रामा भएको दावी गरेको छ । दाङका नागरिकहरुले पनि राजधानीको काम छिट्टै स्थाई मुकामबाटै सुरु गर्नु पर्ने माग गरेका छन् ।

प्रदेश सरकार गठन भएको करिब तीन वर्षपछि लुम्बिनी प्रदेशले स्थायी मुकाम र नाम पाएको छ । प्रदेशकै केन्द्रबिन्दुमा पर्ने र सबै दुष्टिकोणले राजधानीका लागी उपयुक्त देखिएको दाङ अहिले लुम्बिनी प्रदेशको राजधानी बनेको छ । प्रदेश सरकारले स्थायी राजधानीको लागि दाङको राप्ती उपत्यका देउखुरीलाई दुई तिहाई बहुमतले पारित गरेसँगै राजधानी क्षेत्र राप्ति गाउँपालिकामा आवश्यक पूर्बाधारको खोजी तिब्र पारिएको छ ।

प्रादेशिक राजधानी स्थापनाका लागी भौतिक पुर्वाधर र सरकारी जग्गा प्रसस्तमात्रमा भएको राप्ति गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी बताउनछन् । उनी भन्छन्, –‘प्रदेश सरकार स्थापना गर्नका लागी हामीसँग सार्वजनिक जग्गा, भौतिक संरचना र पुर्वाधार प्रशस्त छ, तत्कालै प्रदेश सरकार आए पनि यसको ब्यवस्थापन गर्न गाउपालिका भित्र भौतिक छन् ।’ –‘मौरीघाटमा रहेको राप्ति प्राविधिक शिक्षालयमै प्रयाप्त मात्रामा भौतिक संरचना छन् भने शिक्षालयलाई अन्त ब्यवस्थापन गर्नको लागी पुनारो आदर्श माविको ३० – ३५ कोठाको भावन रहेको छ’ अध्यक्ष सुवेदीले भने ।

पुर्व पश्चिम राजमार्गदेखि उत्तरतर्फ मौरीघाटमा रहेको राप्ति प्राविधिक शिक्षालय १६ बिगाह क्षेत्रफलमा फैलिएकाे छ भने २२ वटा ठुला पक्कि भवनसहित तीन सय मान्छे अट्ने सभाकक्ष तयारी अवस्थामा रहेका छ । त्यहाका संरचना तत्काल प्रदेशसभा बैठक र मन्त्रालयहरु स्थापना गरेर सञ्चालन गर्न सक्ने अवस्थामा रहेका छन् ।

भौतिक पुर्वाधार प्रयाप्त मात्रामा भएको भन्दै तत्कालै प्रादेशिक राजधानीको काम दाङको भालुबाङबाटै शुरु गर्नु पर्ने स्थानिय कालुराम नेपाली बताउछन् । नेपाली भन्छन्, – ‘हामीले अहिले नै त्यहा केहि कार्यक्रम गर्नु पर्छ, मन्त्रालय स्थापना गरौ, सभाहल स्थापना र मुख्यमन्त्रीको कार्यालय स्थापित गरौ भने पनि प्रसस्त भौतिक संरचना छन्, त्यसैले स्थाई मुकामबाटै काम सुरु गर्न प्रदेश सरकारले ढिलाई गर्नुपर्छ जस्तो मलाई लाग्दैन्’ उनले भने ।


राजधानी घोषणा गरिएको क्षेत्रमा ठुलो हलदेखी मन्त्रालय स्थापना गर्न सकिने पक्की संरचना रहेकाले तत्काल प्रदेशसभा बैठक र मन्त्रालयहरु स्थापना गर्न सकिने देखिन्छ । दाङबासीले प्रदेशिक राजधानीको काम स्थाई मुकामबाटै सञ्चालन गर्न माग गरेपनि, प्रदेश सरकारको गुरु योजना अनुसार सबै भौतिक संरचना स्थापना भैसकेपछिमात्रै प्रादेशिक राजधानी आउने राजधानी क्षेत्रका सांसद प्रदेशसभा सदस्य इन्द्रजित थारु बताउछन् ।

उनि भन्छन्, अहिले तुरुन्तै राजधानी दाङ सर्छ भन्ने छ तर हामीले राजधानी सार्न लागेको होईन् । नया स्थाई राजधानी बनाउन लागेको हो, त्यसैले देउखुरीको समग्र गुरुयोजना बनाउछौँ ।’ –‘ गुरुयोजना तयार पारी सकेपछि हामीले कुन क्षेत्रलाई प्रशाशनिक क्षेत्र बनाउने, कुल क्षेत्रलाई ब्यवसायिक क्षेत्र बनाउने जस्ता बिभिन्न क्षेत्र निर्धारण गरी डिपिआर तयार पारिन्छ । यसपछि भौतिक संरचना तथा पुर्वाधार निर्माण सम्पन्न भएपछि बल्ल राजधानीको काम स्थायी मुकामबाट शुरु हुन्छ’ प्रदेशसभा सदस्य इन्द्रजित थारुले भने ।

राजधानी क्षेत्रका सांसद प्रदेशसभा सदस्य इन्द्रजित थारुका अनुसार, प्रदेश सभाद्वारा निर्धारित भुगोल दाङ जिल्लाको राप्ति गाउपालिका, गढवा गाउँपालिका, आर्घाखाँचि जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदानी भाग, राप्ती उपत्यका देउखुरीमा भुउपयोग नीति लागु गर्नुपर्छ । जसअन्तरगत प्रशासनिक र प्रदेश सभा क्षेत्र, ब्यापारिक तथा बजार क्षेत्र, अस्पताल क्षेत्र, शैक्षिक क्षेत्र, सांस्कृतिक क्षेत्र, पर्यटकिय क्षेत्र, आवास क्षेत्र (मन्त्रि, संसद ,कर्मचारी), सर्वसाधारणका लागि नयाँ आवास क्षेत्र छुटाउनु पर्छ । यस्तै होटेल क्षेत्र, कृषि क्षेत्र, मझौला कृषि औद्योगिक क्षेत्र, राजधानी पहिचान बिषेश पर्यटकिय क्षेत्र, सडक यातायात पार्किङ्गको मापदण्ड र ब्यवस्थापन, ऐतिहासिक धरोहर संरक्षण तथा बिकास क्षेत्र र खेल मैदान क्षेत्र छुटाउनु पर्छ ।


भुउपयोग नीतिको आधारमा गुरुयोजना तयार पानुपर्छ । राजधानीबासी सबै राजनैतिक दल, जनसमुदाय र संघ संस्था सबैले सम्मान र सहयोगी संस्कारको बिकास गर्न जरुरी देखिन्छ । राजधानी टोकिएको भुगोललाई गुरुयोजनामा समाबेस गर्न तयार हुनुपर्छ । राजधानी कार्यन्वयनका लागि नयाँ सोचको बिकास गर्दै यो योजना कार्यन्वयनमा उत्साहपुर्वक तरिकाले नागरिक स्तरबाट सहयोग हुनु पर्छ ।

अर्कोतर्फ दाङका नागरिकहरुले पनि राजधानीको काम छिट्टै स्थाई मुकामबाटै सुरु गर्नु पर्ने माग गरेका छन् । तत्काल नयाँ संरचना निर्माणमा ढिलाई हुने र आर्थिक भार समेत बढी हुने भएकोले मौरीघाटमा रहेको राप्ति प्राविधिक शिक्षालयको हाता भित्रको भवन प्रयोग गर्न सके उपयुक्त हुने दाङबासीको माग छ ।।

प्रतिक्रिया दिनुहोस