वडा नम्बर १३ का अध्यक्ष न्यौपानेको निधन

खबरशाला संवाददाता  |  असोज २३, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पिडित न्यौपानेलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटो मै निधन भएको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । ६५ वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे ।
यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगरप्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ती जारी गरेर शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस