नगरप्रमुखमा कोरोना संक्रमण पोजेटिभ आएपछि, तुलसीपुरको कार्यालय वन्द

असोज २२, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेमा कोरोना संक्रमण पोजेटिभ आएपछि कार्यालय बन्द हुने भएको छ । वडा कार्यालय भने जोखिमको अवस्था हेरेर सञ्चालन गर्ने या वन्द गर्ने भन्ने कुरा वडा कार्यालयलाई जिम्मा दिइएको छ ।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले असोज २९ गतेसम्मका लागि सेवा वन्द गर्ने निर्णय गरेको हो । ‘अत्यन्त आवश्यक सेवा बाहेकका सबै सेवा वन्द गर्ने निर्णय गरेका छौ’ कार्यवाहक प्रमुख शर्माले जानकारी दिइन् ।


उपमहानगरपालिकाका नगरप्रमुखमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस