दाङमा पनि दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ हुने

खबरशाला संवाददाता  |  असोज २२, २०७७


दाङ । दाङमा यात्रुहरुलाई मध्येनजर गरेर दशैंमा अग्रिम टिकट बुकिङ हुने भएको छ । यसअघि यातायात प्रालिहरुले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर एक महिना अघिदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने गरेको भएपनि यो बर्ष कोरोना संक्रमणको जोखिम भएकै कारण केही ढिला हुने यातायात व्यवसायीहरुले बताएका छन् ।

अहिले दशैं आउन केही दिन बाँकी भएकाले सीमित मात्रामा गाडी संचालन गरेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले जानकारी दिए । दैनिक १२÷१५ वटा गाडी सञ्चालन गरेकोमा अहिले यात्रुहरुको कमीका कारण दैनिक ५ देखि ७ वटा मात्रै लामो दुरीको गाडी संचालन गरेको उनको भनाई छ ।

पहाडी रुटहरुमा सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका ठाउँहरुमा यात्रुहरुको संख्यामा कमी भएका कारण सामाजिक दुरी कायम गरेर यात्रुलाई सुविधा दिएको उनले बताए ।

राप्ती यातायात सेवा प्रालिका अध्यक्ष बिनोद शर्माले लकडाउनपछि लामो दुरीका सवारीसाधनहरु भर्खर सञ्चालनमा आएको हुँदा अब सबै प्रालिहरुसंग छलफल गरेर यात्रुहरुलाई आवतजावत सहजता ल्याउने बारेमा निर्णय गर्ने बताएका छन् ।

यात्रुहरुको चाप हेरेर गाडीहरु थप गरि यात्रुलाई सहज तरिकाले गन्तव्यमा पु¥याउने योजनामा रहेको नमस्ते राप्ती यातायात प्रालि बामदेव खनालले बताए । दशैको लागि यात्रुहरुको चापमा वृद्धि भएकोमा मात्रै अग्रिम टिकट बुकिङ गरिने उनको भनाई छ ।।

प्रतिक्रिया दिनुहोस