महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

खबरशाला संवाददाता  |  असोज २२, २०७७


घोराही। दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार रानालाई विद्यालयमा कार्यरत महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ गरिएको हो ।

आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गनुभएको थियो ।

पिडित शिक्षकको उजुरीको आधारमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका हुन् । पक्राउ परेका शिक्षक माथि थप अनुसन्धान भइरहेकोे उनको भनाई छ ।

यसैविच अश्लिल हर्कत गरेको आरोपमा शिक्षक रानालाई विद्यालयले निष्काशन समेत गरेको छ । विद्यालयले आज एक विज्ञप्ती जारी गरी घटनामा संलग्न भएको आरोप लागेका शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको भन्दै विज्ञप्ती मार्फत जानकारी दिएको छ ।।

प्रतिक्रिया दिनुहोस