विद्युत काउण्टर तुलसीपुरमा आजदेखि टोकन प्रणाली लागु हुँदै

लक्ष्मण विश्वकर्मा ।  |  असोज २२, २०७७


लक्ष्मण विश्वकर्मा ।


नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महसुल काउण्टरमा आज (विहिवार) देखी पुनःटोकन प्रणाली सुरु हुने भएको छ । कोरोना माहामारीको समयमा सेवाग्राहीहरुको भिडभाडलाई मध्येनजर गदै भोली देखी महसुल काउण्टरमा टोकन प्रणाली लागु गर्न लागीएको केन्द्रका प्रशासनिक प्रमुख युवराज विष्टले जानकारी दिएका छन् ।

यसअघि सुचारुमा रहेको मेसिनमा केहि समय अगाडी बर्षा संगै परेको चट्याङ लागेर बिग्रिएको थियो । टोकन प्रणाली बन्द भएपछि सेवाग्राहीहरुको भिडभाड हुने र घण्टौ समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता रहेको भन्दै नयाँ मेसिन जडान गरी पुन टोकन प्रणाली सेवा सुचारु गर्न लागीएको उनले बताएका छन् ।

टोकन प्रणाली सुरु भएपछि भिडभाड कम हुने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्न सकिने प्राधिकरणले बताएको छ । प्राधिकरणका चार वटा काउन्टरबा सेवा प्रवाह गर्दा पनि पालो कुर्नका लागी घण्टौ समय लाईनमा बस्नु पर्ने बाध्यता छ ।

टोकन प्रणाली लागु भएपछि घण्टौ समय लाईनमा बस्नु पर्ने बाध्यता अन्त्य हुने र सामाजिक दुरी पनि कायम हुने विश्वास रहेको प्रशासनिक प्रमुख विष्टले बताएका छन् । यस गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने अपेक्षा गरिएको छ ।


असोज ३० गतेसम्म थप विद्युत महसुलमा छुट


नेपाल विद्युत प्राधिकरणले कोरोना माहामारीलाई मध्येनजर गदै उपभोक्तालाई विद्युत महसुलमा छुटको व्यवस्था गरेको छ । सोहि अनुरुप उपभोक्ताहरुले असोज २२ गते सम्म विद्युत महसुल बुझाएमा थप शुल्न नलाग्ने भएको छ ।

कोरोना माहामारीका कारण नियमित विद्युत महसुल बझाउन वा मिटररिडिङ हुन नसकेको भन्दै भदौ महिनाको विद्युत महसुल असोज २२ गते सम्म भुक्तानी गरेमा थप शुल्क तिर्न नपर्ने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ । साथै असोज २३ गते देखी असोज मसान्त सम्म विद्युत महसुल बुझाएमा थप शुल्कमा पाँच प्रतिशत मात्रै शुल्क लाग्ने प्रशासनिक प्रमुख युवराज विष्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस