जाजरकोट जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, १ जना बेपत्ता

खबरशाला संवाददाता  |  असोज २१, २०७७

तुलसीपुर । जाजरकोटको औलभीरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको जि औलभीरमा दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका-११ का वडाध्यक्ष अमरबहादुर शाही, महेन्द्र मावि कोर्ताङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृतिबहादुर शाही, मेडिकल सुपरिटेन्डेन्ट लालबहादुर बुढा, गर्खाकोट स्वास्थ्य चौकीका अहेव खेमराज शाही, स्थानीय मटेलाका मालिका बस्नेत, अहेव कृष्णबहादुर शाही रहेका छन् । 

एक जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा घाइते स्थानीय शिक्षक नरबहादुर शाहीलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस