शान्ता चौधरीलाई कोरोना संक्रमण, भन्छिन्, ‘सामान्य लक्षण देखिएको छ’

असोज २०, २०७७

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिँदै चौधरीले हालै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस