कांग्रेसले दाङमा गर्‍यो राजधानी निर्णयको स्वागत

खबरशाला संवाददाता  |  असोज १, २०७७

दाङ-रुपन्देहीमा स्थायी राजधानीको माग गर्दै नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गरेपनि दाङमा भने नेपाली कांग्रेसले प्रदोशिक राजधानीको निर्णयलाई औपचारिक रुपमा स्वागत गरेको छ।

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरीमा प्रस्ताव गर्दै संसदमा दर्ता गरेको प्रति नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्णयको स्वागत गरेको हो।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापती भेषराज पाण्डेले विज्ञप्ती जारी गर्दै एसीयाको दोस्रो ठूलो उपत्यका दाङ देउखुरीमा प्रादेशीक राजधानी बनाउने सरकारले गरेको निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका हुन।

‘सरकारले विवेक पूर्ण ढंगले निर्णय गरेको छ। यसको हामी स्वागत गर्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ-‘संसदमा दर्ता भएको प्रस्तावलाई माननीय सांसदहरुले न्यायपूर्ण तरिकाले मतदान गरी संसदबाट सर्वसम्मत अनुमोदन गर्नुहुने छ भन्ने विश्वास लिएका छौँ।’

प्रतिक्रिया दिनुहोस