मोबाइलको चार्ज छिटै सकिन्छ ?, यसरी टिकाउनुहोस

खबरशाला संवाददाता  |  असोज १७, २०७७

काठमाडौं । नयाँ मोबाइल प्रयोग सुरु गरेको केही समयपछि यसको चार्ज पहिलेजस्तो नटिक्ने समस्या धेरैको हुन सक्छ । यसका धेरै कारण छन् । सुरुमा किन्दा मोबाइलमा हुने एप र प्रयोग गर्दैजाँदा मोबाइलमा हुने एपको संख्यामा उल्लेख परिवर्तन भइसकेको हुन्छ ।

तपाई जतिधेरै एप प्रयोग गर्नुहुन्छ, त्यतिनै छिटो चार्ज सकिनु स्वभाविक नै हो । त्यो भन्दापनि प्रयोग गर्दै जाँदा मोबाइलको ब्याट्रीको क्षमतापनि विस्तारै कम हुँदै जाने भएकाले पनि यस्तो समस्या आउँछ नै ।

केही कुरा ख्याल गर्ने हो र त्यसलाई अपनाउने हो भने मोबाइल ब्याट्रीको लाइफलाई थप केही समयको लागि बढाउन सक्छौं । त्यसैले यहाँ हामी चार यस्ता उपायहरु सिकाउँदै छौं, जसले तपाईंको एन्ड्रोइड फोनमा छिट्टै ब्याट्री सकिने समस्यालाई केही हदसम्म भएपनि कम गर्न सहयोग गर्न सक्छ । तर, यसको मतलब सुरुकै जस्तै चार्ज टिक्ने भन्ने चाही हुदैन ।

स्मार्टफोन रिबुट गर्नुहोस
यो सबैभन्दा पहिलो प्रयोग गर्ने सहज र सरल तरिका हो । पावरबटनलाई केही समय क्लिक गरी रहँदा ‘रिबुट’ अप्सन आउनेछ । उक्त अप्सनमा क्लिक गरी मोबाइललाई रिबुट गर्न सकिन्छ ।
यसले मोबाइलको ब्याट्रीको समस्यामात्रै नभएर एकैपटक धेरै समस्या समाधान गर्न सकिन्छ ।

एप अपडेट गरिरहनुहोस
तपाईंको एन्ड्रोइड फोनमा एप अपडेटलाई अटोमेटिक गरिएको छैन् भने त्यो तुरुन्तै गर्नुहोस् । अपडेट नभएका एपहरु ब्याट्री खपत गर्ने सबैभन्दा ठुलो माध्यम हुन् । त्यसैले मोबाइलमा रहेका एपलाई अनिवार्य रुपमा अपडेट गर्नुपर्ने हुन्छ । यसले पनि केही हदसम्म मोबाइलको ब्याट्री बचाउन सहयोग गर्छ ।

एन्ड्रोइड अपडेट गर्नुहोस
एन्ड्रोइडको अपडेट नियमित हुँदैन । स्मार्टफोनका ब्राण्ड अनुसार पनि कतिपय कुरामा फरक पर्छ । तर, ढिलोचाँडो अपडेट भने पक्कै आउँछ । कम्पनीहरुले पनि सिस्टमको अपडेट समय समयमा दिइरहेका हुन्छ ।
त्यसरी आउने नयाँ अपेडटमा धेरै कुराको समाधान गरिएको हुन्छ । त्यसैले नयाँ आउने अपडेटलाई निरन्तर रुपमा आफूले पनि प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ । त्यसका लागि तपाईंले फोनको सेटिङभित्र सिस्टममा गएर एड्भान्समा क्लिक गरि सिस्टम अपडेट गर्न सक्नुहुनेछ ।

फोनलाई रिसेट गर्नुहोस
यो न्युक्लियर सिस्टम जस्तै हो । यसको अर्थ फोनलाई एकपटक पुनः नयाँ जस्तै बनाउने । तर, त्यसका लागी सुरुमा तपाईंले फोनको ब्याकअप भने राख्न जरुरी हुन्छ ।
फोनको ब्याकअप राखेसँगै रिसेटका लािग धेरै जसो एन्ड्रोइड फोनको सेटिङ भित्र सिस्टम सेटिङमा गएर एड्भान्समा क्लिक गरि रिसेट अप्सनमा क्लिक गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस