झुक्याएर काँग्रेसमा प्रवेश गराएको नेकपा कार्यकर्ताको प्रतिक्रिया

खबरशाला संवाददाता  |  असोज १७, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ निवासी नेकपाका कार्यकर्ताहरुले नेपाली काँग्रेस प्रवेश नगरेको वताएका छन् । विभिन्न माध्यमबाट नेकपामा प्रवेश गरेको भन्ने भ्रामक सूचना सम्प्रेषण भएको बताउँदै यमबहादुर विक, भविस्वर अधिकारी, शिवलाल सापकोटा र प्रेमलाल विश्वकर्माले विज्ञप्ती जारी गरेर यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘जनतालाई मुक्ती दिने पाटी भनेको नेकपा नै हो त्यसकारण हामी ले यो पाटी छाड्ने कुरै आउँदैन ’ चारै जनाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस