तुलसीपुर रोट्रयाक्टलाई तरुण कप फुटसलको उपाधि

खबरशाला संवाददाता  |  असोज १७, २०७७

तुलसीपुर । तुलसीपुरमा संचालित तरुण कप फुटसल प्रतियोगिता–२०७७ को उपाधी रोट्रयाक्ट क्लब तुलसीपुरले हात पारेको छ ।

नेपाल तरुण दल तुलसीपुर–५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञानज्योती स्कुल तुलसीपुरलाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउदै रोट्रयाक्टले उपाधी हात पारेको हो ।

उपाधीसंगै उसले तरुण कप तथा खसी प्राप्त गरेको छ । उपबिजेता बनेको पब्लिक ज्ञानज्योती सान्त्वना कप मा चित्त बुझाउन बाध्य भयो । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाईएको थियो भने सबै खेलहरु तुलसीपुरस्थित द लेजेण्ड फुटसल ग्राउण्डमा भएका थिए ।

यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल तरुण दल तुलसीपुर–५ का अध्यक्ष सुनिल डागीको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नंं ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्य एवं कांग्रेस क्षेत्र नम्बर ३ क का सभापति घनश्याम ढकालको बिशिष्ट आतिथ्यमा भएको थियो ।

तरुण दल वडा न ९ का अध्यक्ष बिष्णु खत्रीको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, नेपाल तरुण दल साविक क्षेत्र न ४ का अध्यक्ष रमेश मल्ल, नेबिसघ दाङ जिल्ला सहसचिव जितेन्द्रप्रकाश ओली, नेविसघ तुलसीपुर नगर सभापती राजिव पाण्डे, तरुण दल क्षेत्रीय सदस्य सुशील ओली, वीपी कोइराला युबा नेतृत्व बिकास मञ्च तुलसीपुर ५ का अध्यक्ष यम बहादुर ओलीलगायतकाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस