२ हजार १ सय २० कोरोना संक्रमित थपिए

खबरशाला संवाददाता  |  असोज १७, २०७७

तुलसीपुर । गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

शनिबार थप ८ संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित संक्रमितको संख्या ५ सय २८ पुगेको छ ।

अहिले देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन् । 
 

प्रतिक्रिया दिनुहोस