काेराेनाले राेकिएका लोक सेवाका विज्ञापनहरु खुल्दै

खबरशाला संवाददाता  |  असोज १५, २०७७

काठमाडौं- सरकारले लोकसेवा आयोगका विज्ञापनहरु खुलाउने निर्णय गरेको छ।

कोरोना भाइरसको महामारीका कारण सरकारी दरबन्दी पुर्तिका लागि आयोगका विज्ञापनहरु रोकिएका थिए। यस अघि सरकारले विज्ञापन भएर पनि रोकिएका परिक्षाहरु सन्चालन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस