दाङमा संक्रमित संख्या ११ सय ४५ पुग्यो, २० देखि ४० बर्षका धेरै

खबरशाला संवाददाता  |  असोज १४, २०७७


घोराही ।
दाङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ सय ४५ पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ८ सय ९८ जना पुरुष र २ सय ४७ जना महिला गरि ११ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ति मध्य ९ सय ७६ जना संक्रमण मुक्त भएका छन् भने १ सय ६७ जना अझै विभिन्न आइसोलेशनमा रहेका छन् । दाङमा अहिले सम्म १७ हजार १ सय ९ जनाको स्वाब परिक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालयले निकालेको आँकडा अनुसार ७ जना जनप्रतिनिधी, ४१ जना कर्मचारी, ३८ जना स्वास्थ्यकर्मी, ३४ जना नेपाली सेना र १ हजार २८ जना अन्य नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा सबै भन्दा धेरै २० देखी ४० बर्ष उमेर समूहका रहेका छन् ।

सो उमेर समूहका ७ सय २९ जना, १० देखि २० बर्ष उमेरका १ सय ८४ जना, ४० देखी ५० बर्ष उमेरका १ सय २५ जना, ५० देखी ६० बर्ष उमेर समूहका ६८ जना, ५ देखी १० बर्ष उमेर समूहका १४, जना ६० बर्ष माथीका १४ जना र ५ बर्ष मूनीका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

यसैविच अहिले सम्म भारतबाट ७ हजार एक जना र तेस्रो मुलूकबाट एक हजार १० जना दाङ आएका छन् । अहिले दाङमा ४१ जना घरकै आइसोलेशनमा बसेका छन् ।।

प्रतिक्रिया दिनुहोस