कर्मचारीमा संक्रमण देखिएपछी तुलसीपुर ४ को वडा कार्यालय बन्द

खबरशाला संवाददाता  |  असोज १३, २०७७


घोराही ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ को वडा कार्यालय बन्द गरिएको छ । वडा कार्यालयमा कार्यरत एक महिला कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयलाई ३ दिनका लागिबन्द गरिएको हो ।

यस अघि संक्रमित महिलाकाश्रीमानलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उहाँले पनि आशंकामा राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गर्दा रिपोट पोजेटिभ आएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।।

प्रतिक्रिया दिनुहोस