कृषि अनुदानको ४७ प्रतिशत बजेट खर्च हुन सकेन, ८ करोड २४ लाख फ्रिज

चन्द्रप्रकाश नेपाली  |  असोज ०, २०७७


चन्द्रप्रकाश नेपाली


कृषि ज्ञान केन्द्र दाङको आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन भएको बजेजमध्ये ५६ दशमलव ६० प्रतिशत बजेटमात्रै खर्च भएको छ । जसमा अनुदानका कार्यक्रमको कुल बजेटमध्ये ५३ प्रतिशतमात्रै कार्यान्वयन भएको छ । कृषि ज्ञान केन्द्र दाङमा गत आर्थिक वर्ष कुल बजेट १८ करोड ९९ लाख ९७ हजार विनियोजन भएको थियो । जसमा १० करोड ७५ लाख ४६ हजार ६ सय रुपैया मात्रै कार्यान्वयन भएको छ भने ८ करोड २४ लाख ५० हजार ४ सय रुपैया खर्च हुन नसकेको हो । यो खर्च कुल बजेटमध्ये ५६ दशमलव ६० प्रतिशत हो ।

यस्तै कुल बजेटमध्ये कृषि अनुदानमा मात्रै १७ करोड ९ लाख ८९ हजार रुपैया छुट्टाईएको थियो भने यसमा ५३ प्रतिशत रकममात्रै कार्यान्वयनमा आएको हो । अनुदानतर्फको बजेटमात्रै ८ करोड ३ लाख ८ हजार ४ सय ९८ रुपैया खर्च हुन नसकेको हो भने ९ करोड ६ लाख ८० हजार ५ सय २ रुपैया खर्च भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

यस्तै गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रबाट सञ्चालन भएका कृषि अनुदान कार्यक्रमहरुमध्ये नविनतम प्रविधिमा आधारित साना सिचाँई कार्यक्रम अन्तरगत २६ लाख २७ हजार ९ सय ६० रुपैया भएको हो । यस कार्यक्रमका लागी छुट्टाईएको ५० लाखमध्ये २३ लाख ७२ हजार ४० रुपैया खर्च हुन नसकेको हो । जुन कार्यक्रमको लागी २८ जनाले प्रस्ताव पेश गरेका थिए भने २० जना छनोटमा परेका हुन् । यस्तै अनुदानतर्फको मागमा आधारित कार्यक्रमको कुल बजेट ४० लाखमध्ये २५ लाख ५ हजार ७ सय ७६ रुपैयामात्रै खर्च भएको छ । मागमा आधारित कार्यक्रमका लागी ४४ जनाले प्रस्ताव पेश गरेकोमा ३७ जना छनोटमा परेका हुन् ।

यस्तै मौरी विकास कार्यक्रम अन्तरगत १० लाख विनियोज भएकोमा ९ लाख ३५ हजार ६ सय ८३ रुपैया खर्च भएको छ । यस्तै रैथाने बालीहरुको बजार प्रवद्र्धन कार्यक्रम अन्तरगत १० लाख छुट्टाईएकोमा १ लाख ८८ हजार २ सय ३५ रुपैयामात्रै खर्च भएको छ । यस्तै तेलहन वाली विकास कार्यक्रमका लागी विनियोजन गरिएको ५ लाखमध्ये १ लाख ८७ हजार ३ सय ८५ रुपैया मात्रै खर्च भएको छ ।

रेशम खेती प्रर्वद्धन कार्यक्रमको ६० लाखमध्ये ३१ लाख ६३ हजार ४ सय ५६ रुपैया खर्च भएको छ । बगर खेती प्रर्वद्धनमा १० लाखमध्ये ३ लाख ७५ हजार ८ सय २७ रुपैयो खर्च भएको छ । यस्तै २० लाख विनियोजन भएको स्थानिय तथा उन्नत जातका आलु प्रर्वद्धन कार्यक्रमको १ लाख २० हजार ९७ रुपैया खर्च भएको छ । यस्तै कागती क्षेत्र विस्तारका लागी छुट्टाईएको ५ लाखमध्ये ३ लाख ४ हजार ४ सय ५३ रुपैया खर्च भएको छ । यस्तै केरा क्षेत्र बिस्तारका लागि १० लाख छुट्टाईएकोमा ७ लाख ५१ हजार ९ सय ६३ रुपैया खर्च भएको छ ।

यस्तै वीउँ उत्पादक कुषि सहकारीलाई मूल वीउमा ५० प्रतिशत अनुदान सहयोग कार्यमक्रमका ४ लाख रुपैया छुट्टाईएकोमा २ जनालाई २ लाख २२ हजार ७ सय ६९ रुपैया सहयोग गरिएको हो । फलफुल नर्सरी सुदृढिकरण कार्यका लागी विनियोजन भएको ४ लाखमध्ये ३ लाख ५५ हजार ५९ रुपैया खर्च भएको छ । मौरी चरण क्षेत्र बिस्तारका लागी ४ लाखमध्ये १ लाख ७७ हजार ५ सय ७० रुपैया खर्च भएको छ ।
यस्तै साना ब्यवसायिक उत्पादन केन्द्र बिकास कार्यक्रम नयाँका लागि छुटाइएको २ करोड ९४ लाख ६३ हजारमध्ये २ करोड २० लाख ३३ हजार २ सय ४६ रुपैया खर्च भएको छ । साना ब्यवसायिक उत्पादन केन्द्र बिकास कार्यक्रम पुरानाका लागि छुट्टाईएको २ करोड ४७ लाख ९१ हजारमध्ये ५९ लाख ८९ हजार ७ सय ७३ रुपैया मात्रै खर्च भएको छ ।

ब्यवसायिक कृषि उत्पादन केन्द्र ब्लक बिकास कार्यक्रम नयाँका लागि ३ करोड ६० लाख रुपैया छुट्याईएकोमा २ करोड १९ लाख ९७ हजार ७ सय ६२ रुपैया खर्च भएको छ । यस्तै सोहि कार्यक्रम पुरानोका लागि १ करोड ६० हजारमध्ये ५१ हजार ३८ हजार ३ सय ४९ रुपैया खर्च भएको हो । अभियानमुखी मिसन कार्यक्रम कागती र सुन्तलाका लागि बिनियोजन गरिएको १ करोडमध्ये २३ लाख २७ हजार २ सय ५० रुपैया खर्च भएको छ । यस्तै अभियानमुखी प्याज÷लुसुन मिसन कार्यक्रमका लागी छुटाईएको ५० लाखमध्ये ५ लाख ८० हजार ७ सय ९८ रुपैया खर्च भएको छ । यस्तै फलफुल विरुवा रोपण अभियान कार्यक्रमका लागि छुट्टाईएको ९९ लाख ७५ हजारमा २३ लाख २९ हजार ७ सय ३ रुपैया खर्च भएको छ ।

यस्तै स्मार्ट कृषि गाँउ कार्यक्रमका लागी विनियोज भएको २ करोड ३५ लाखमध्ये १ करोड ८३ लाख ५ हजार ३ सय ८८ रुपैया खर्च भएको हो ।।

प्रतिक्रिया दिनुहोस