दाङका बजारमा नागरिकको घुईचो, व्यवसाय भने न्युन

चन्द्रप्रकाश नेपाली  |  असोज ०८, २०७७


चन्द्रप्रकाश नेपाली


कोरोना भाईरसको महामारीसँगै बिगत लामो समयदेखि बन्द रहेका सम्पुर्ण क्षेत्र बिस्तारै खुल्दै गएका छन् । लामो तथा छोटो दुरीको सवारीका साधनसँगै सम्पुर्ण ब्यपार ब्यवसाय सञ्चालनमा आएका छन् । दैनिक रुपमा बजारमा नागरिकको घुईचो बढ्दै गए पनि बजारमा हुने किनबेच भने न्युन देखिएको छ ।


दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले लकडाउनभन्दा पहिलेको तुलनामा वर्तमान समयमा ६५ प्रतिशतले ब्यापार घटेको खबरशालालाई बताएका छन् । नेपालको अर्थतन्त्रको एउटा महत्वपुर्ण अंग रेमिट्यान्स हो, कामको शिलशिलामा भारत तथा तेस्रो मुलकमा रहेका धेरै जनशक्ति अहिले नेपालमै छन् । भारतबाट कमाएर नेपाली कामदारले नेपाल पठाउने र घर परिवारले त्यसैका अधारमा समान किन्ने गर्छन् तर अहिले भारत तथा तेस्रो मुलुकबाट भित्रिने पुँजि न्युन छ ।

यसका साथै कोरोनाले श्रृजना गरेको असहज अवस्थाका कारण देशभित्रै रहेको जनसंख्याको ठुलो हिस्साले रोजगार गुमाएको छ । अहिले प्रत्येक नागरिकको आम्दानी निकै न्युन छ, त्यसैले पनि ब्यपारीक कारोबार घटेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भुसाल बताएका छन् । दैनिक उपभोग्य खाद्यान्नका पसलहरुमा कारोवार सनतोषजनक भए पनि अन्य सम्पुर्ण ब्यवसाय फष्टाउन सकेको छैन् ।

त्यसैले अहिले सम्पुर्ण ब्यवसायीको अर्थतन्त्र कमजोर बन्दै गएको छ । अहिले बजार खुलेर ब्यवसाय सञ्चालनमा आए पनि ब्यावसायीक क्रियाकलाप न्युन हुदा ब्यवसायी विस्थापित हुने क्रम रोकिएको छैन् ।

यस्तै होटल ब्यवसाय पुर्ण रुपमा सञ्चालमा आए पनि ग्राहक भने एक चौथाई पनि जाने गरेका छैनन् । लकडाउन हटेपनि ब्यापार व्यवसाय न्युन हुदा सम्पुर्ण साना तथा ठुला होटल ब्यवसायी समस्यामा परेको दाङ देउखुरी होटल ब्यवसायी समितीका अध्यक्ष रुद्रबहादुर डाँगीले जानकारी दिएका छन् । लकडाउनभन्दा पहिलेको तुलनामा अहिले दैनिक १५ प्रतिशतमात्रै ग्राहक होटलमा जाने गरेका छन् । पहिले साझ ७ बजेसम्ममात्र खोल्ने समयको तुलनमा वर्तमान समयमा केहि सहजता भएको उनले बताएका छन् ।

यस्तै फेन्सी ब्यवसाय पनि अपेक्षा अनुसार सन्तोषजनक हुन नसकेको ब्यवसायीहरु बताउछन् । घोराही १४ मा रहेको केशव फेन्सी स्टोरका सञ्चालक नविन श्रेष्ठले अहिले कारोबार निकै न्युन रहेको बताउछन् । अहिले फेन्सीहरुमा ४० प्रतिशतमात्रै ब्यवसायीक कारोबार हुने गरेको छ । यसवर्षको दशै र तिहारमा पनि अन्य वर्षको तुलनमा निकै थारै कारोवार हुने लक्षण देखिन्छ । ‘चाडपर्वमा उत्साहजनक व्यापार हुने लक्षण देखिएको छैन’ श्रेष्ठले भने ।

अर्कोतर्फ कुखुराको मासु ब्यवसाय पनि फष्टाउन सकेको छैन् । दैनिकरुपमा धेरै मात्रामा मासु बिक्री हुने होटलहरुमा वर्तमान समयमा त्यति धेरै माग छैन् । घोराही १८ मा रहेको भ्याली फ्रेस हाउसका सञ्चालक बिरबहादुर रावतले पहिले दैनिकरुपमा ३ क्विन्टल मासु बिक्री हुन्थो भने अहिले ४० देखी ५० किलोग्राममात्रै बिक्री हुने बताउछन् ।

ग्रामिण क्षेत्रबाट बजार गर्न आउने अधिकांश नागरिकले स्वाथ्य सजकता अपनाएको देखिन्छ । अर्काेतिर उद्योग वाणिज्य संघले ब्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्दै सचेत पार्ने काम गर्दै आएको छ ।


व्यवसाय सञ्चालनमा आएको भएपनि लामो समयको लकडाउनका कारण मानिससँगै पैसा नहुँदा व्यापार हुन नसकेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस