लकडाउनमा पनि दूर्घटना रोकिएन

नन्दनी रोका  |  असोज ०७, २०७७


नन्दनी रोका
तुलसीपुर । दाङ्ग जिल्लामा ५ महिनाको अवधिमा १ सय ६ ओटा सवारी साधन दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार बैशाखदेखि भदौ महिनासम्म दुर्घटनामा पर्ने सवारी साधनहरुमा एक आपसमा ठोकिएर,पैदल यात्रुलाई ठक्कर, मापसे सेवन गरेर दुघर्टनामा परेका हुन् ।


यसरी विभिन्न दुर्घटनामा परेर १९ जनाले ज्यान गुमाएका छन् भने १ सय ५७ जना गम्भिर घाईते भएका छन् । त्यसैगरी बैशाख महिनाको अवधिमा दुर्घटना हुने सवारी साधनमा जीप कार २ ट्रे्कटर १ र मोटरसाइकल २ गरी जम्मा ५ वटा रहेका छन् भने १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन् ।


त्यसैगरी जेठ महिनाको अवधिमा दुर्घटना हुने सवारी साधनमा ट्रक ६,टिप्पर १,जिपकार ३,टे«क्टर ६ र मोटरसाइकल ८ गरी जम्मा संख्या २४ रहेको छ भने मृत्यु हुनेमा ४ जना पुरुष रहेका छन् र २८ जन गम्भीर घाइते हुनेमा रहेका छन् ।


त्यसैगरी असार महिनामा दुर्घटना हुने सवारी साधनहरुमा ट्रक ३,टिप्पर १,टे«क्टर २, अटो २ मोटरसाइकल १५ गरी जम्मा २६ सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनाबाट २ जनाको ज्यान गएको छ भने घाइते हुनेमा २६ जना रहेका छन् । त्यसैगरी साउन महिनामा दुर्घटना हुने सवारी साधनहरुमा ट्रक २,टिप्पर १, जिप कार ७,अटो २,मोटरसाइकल २४ र साइकल १ गरी ३७ रहेका छन् ।

दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन् भने ४६ जना गम्भिर घाईते भएका छन् ।
त्यसैगरी भदौ महिनामा दुर्घटना हुने सवारी साधनमा जिप १,टेक्टर २, अटो ४,मोटरसाइकल २२ र साईकलगरी ३२ रहेका छन् । दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङ्गका अनुसार बैशाखदेखि भदौसम्म बढि सवारी दुर्घटना पर्नेमा मोटसाइकल रहेको छ ।


त्यसैगरी बैशाख र जेठ महिनामा लकडाउनले गर्दा राजस्व संकलन शुन्य रहेको तर असार महिनाबाट मात्र राजस्व संकलन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले जानकारी दिएका छन् ।


उनका अनुसार असार महिनामा जम्मा कारवाही २५ सय ६३ रहेका छन् भने १६ लाख ३० हजार ५ सय राजस्व संकलन भएको छ भने साउन महिनामा जम्मा कारवाही ३५ सय ५० रहेको छ भने २२ लाख ६९ हजार ५ सय राजस्व संकलन भएको छ ।

भदौ महिनामा जम्मा कारवाही २७ सय ५० रहेको छ भने १७ लाख ४७ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय प्रमुख रेग्मीले जानकारी दिइएका छन् । त्यसैगरी ट्राफिक नियम विपरित गएर सवारी नियम उल्लंघन गर्ने, मापसे गरेर सवारी चलाउने चालकलाई र सवारी उल्लंघन गर्ने चालकलाई कारवाही गरी सवारी चालकलाई जरिवाना समेत तिर्नु पर्ने व्यवस्था रहेको छ । त्यसैगरी बाटो साँघुरो र व्यवस्थित नहुनुका साथै सवारी साधनहरु दिन प्रतिदिन बढ्दै गएकाले ट्राफिक व्यवस्थापनमा ठूलो समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख रेग्मीले जानकारी दिइएका छन् ।

प्रतिक्रिया दिनुहोस