सोमबारबाट तुलसीपुरमा विमान चल्ने, भाडा पनि घट्यो

असोज ०४, २०७७


तुलसीपुर । लकडाउनका कारण वन्द रहेको हवाई सेवा असोज ५ गतेदेखि सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै तुलसीपुर विमानस्थलमा हवाईजहाज आउने भएको छ । पहिलो चरणमा सातामा ३ दिन सञ्चालन गर्ने गरी तयारी गरिएको तुलसीपुर केन्द्रका प्रमुख निमकान्त लम्सालले वताए ।

उनले केही दिनमै यात्रुको चापलाई मध्यनजर गरेर दैनिक २ उडान हुने जानकारी दिए । यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै भाडा समेत घटेको छ । दाङ्ग काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ ।

तुलसीपुर स्टेशन प्रमुख लम्सालका अनुसार आउने र जाने दुवै तर्फ १ सय १० रुपैया घटेको हो ।

प्रतिक्रिया दिनुहोस