आज प्रधानमन्त्रीको विशेष सम्बोधन

खबरशाला संवाददाता  |  असोज ०३, २०७७

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नेभएका छन ।

प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा आज (शनिबार) बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनेभएकाले विगतमाजस्तो अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस