दाङमा २ महिनामा साढे ५ हजार सवारी चालक कारबाहीमा

खबरशाला संवाददाता  |  असोज ०१, २०७७


घोराही । दाङमा चालु आर्थिक वर्षको २ महिनामा ५ हजार ५ सय ३५ सवारी चालक कारवाहीमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार ट्राफिक नियम विपरित सवारी चलाउने ५ हजार ५ सय ३५ सवारी चालक कारवाहीमा परेका हुन् ।

उनका अनुसार चालु आर्थिक वर्षको २ महिनामा सबै भन्दा बढी मोटरसाइकल चालक २ हजार ३ सय ८ वटा कारवाहीमा परेका छन । साउन महिनामा १ हजार ४ सय २५ मोटरसाइकल चालक कारबाहीमा परेका छन ।

त्यस्तै बस १ सय २१, ट्रक ८ सय ६७, जिपकार ४ सय २६, ट्याक्टर २ सय ९६ र अटो÷टेम्पु ४ सय १५ गरि साउन महिनामा ३ हजार ५ सय ५० सवारी चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिएका छन् ।

त्यस्तै भदौ महिनामा मोटरसाइकल ८ सय ८३,बस ६७, ट्रक ३ सय ७७, जिपकार २ सय ७१, ट्याक्टर १ सय ३६ र अटो २ सय ९१ गरि १ हजार ९ सय ८५ सवारी चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख रेग्मीले जानकारी दिएका छन् ।।

प्रतिक्रिया दिनुहोस