दाङका बजारमा चहलपहल बढ्यो , सावधानी अपनाउन बिज्ञको सुझाव

खबरशाला संवाददाता  |  असोज ०१, २०७७


घोराही । दाङ सहित देशभर कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र खुल्न थालेका छन् । दैनिक रुपमा बजारमा नागरिकको चहलपहल बढ्दै गएको छ ।

कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिबिधिलाई सहज बनाउन भन्दै सरकारले होटल सहितका ब्यापार ब्यवसायसँगै सार्वजनिक यातायातका सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।

सम्पुर्ण ब्यापार ब्यवसायसँगै लामो तथा छोटो दुरीका सवारीसाधन चल्न थालेपछि दाङका मुख्य बजार घोराही, तुलसीपुर र लमही लगाएतका स्थानमा नागरिकको चहलपहल बढ्दो देखिएको छ ।

विद्यालय, मनोरञ्जनस्थल, धार्मिक र सांस्कृतिक गतिविधि, भोजभतेर र जमघट बाहेक धेरै क्षेत्र खुला भएका छन । यसबाट संक्रमण झनै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने भएको छ । जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस