राप्ती यातायात प्रालिकाे अध्यक्षमा शर्मा

खबरशाला संवाददाता  |  भदौ ३१, २०७७

तुलसीपुर । राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायी एवं युवा नेता बिनोदकुमार शर्मा निर्बिरोध चयन भएका छन् ।

बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट मधुसुदन पौडेल उपाध्यक्ष, गेहेन्द्र वली महासचिव र गणेश आरसी कोषाध्यक्षमा निर्बिरोध चयन भएका हुन ।

त्यसैगरि प्रालिको सदस्यहरुमा बसन्त केसी, बशीकुमार शर्मा, मदन आचार्य र दिपु गिरि चयन भएका छन् । प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ ।

सो अबसरमा बोल्दै नबनिर्बाचित अध्यक्ष बिनोदकुमार शर्माले यातायात क्षेत्रको बिकासमा आफु निरन्तर लागिपर्ने बताए । उनले यातायात क्षेत्र चुनाैतिपुर्ण भएकाे भन्दै सहकार्यमा जाेड दिने बताए ।

प्रतिक्रिया दिनुहोस