दाङमा १ सय २८ संक्रमित घरकै आइसाेलेशनमा

चन्द्रप्रकाश नेपाल  |  भदौ ३१, २०७७


चन्द्रप्रकाश नेपाल
घाेराही । दाङमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिहरु घरमै बस्ने गरेका छन् । प्रदेश सरकार र स्थानिय सरकारले आइसोलेशनहरु बनाए पनि संक्रमितहरु घरकै छुट्टै कोठामा बस्ने गरेका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले दाङमा १ सय ९१ जना सकृय संक्रमित रहेका छन् । ति मध्य १ सय ३४ जना संक्रमितहरु घरकै आइशोलेशनमा छन् ।

अन्य ५७ जना संक्रमितहरु विभिन्न आइसोलेशन र केही संक्रमितहरु जिल्ला बाहिरका अस्पतालमा भर्ना भएका छन् । लक्षण नदेखिएका संक्रमितहरु घरमै छुट्टै कोठामा बसेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताएका छन् ।

संक्रमितहरु कै इच्छा अनुसार घरकै आइसोलेशनमा बसालिएको र कुनै स्वास्थ्य समस्या आए तत्काल अस्पताल पु¥याईने उहाँको भनाई छ । संक्रमितहरुले पनि घरकै छुट्टै कोठामा बस्दा परिवार सँगै भएको महशुस हुने र आत्मबल बढ्ने बताएका छन् ।

तर स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने घरकै आइसोलेशनले अन्यमा संक्रमण फैलन सक्ने जोखिम हुने बताउछन् । दाङमा अहिले सम्म ९ सय ७३ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ति मध्य ७ सय ८० जना कोरोना मक्त भएका छन् । दाङमा अहिले सम्म १५ हजार ८ सय २५ जनाको स्वाब परिक्षण गरिएको स्वास्थ्य कार्यालयको भनाई छ । अहिले १ सय १७ जना व्यक्तिहरु क्वारेन्टाईनमा बसेका छन् ।।

प्रतिक्रिया दिनुहोस