नारामा मात्रै बालमैत्री शासन

चन्द्रप्रकाश नेपाली  |  भदौ २, २०७७



तुलसीपुर । आज भदौ २९ गते अर्थात् राष्ट्रिय बाल दिवस । यो दिवस बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागि मनाउने गरिन्छ । बालबालिका श्रृष्टिका कोपिलाहरु हुन्, अनि यी कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने देशको भविष्यमाथि नै प्रश्नचिह्न उठ्न सक्छ । बालबालिकाहरुलाई ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । हामी बालदिवस मनाउदा प्रत्येक वर्ष नयाँ नयाँ आशलाग्दा नारा सहित मनाउछौँ तर पनि त्यसको उपलब्धी भने शुन्य देखिन्छ ।

दाङमा अझै पनि धेरै बालबालिका शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् । कयौ बालबालिका अझै पनि सडकमै भेटिन्छन् । घोराही उपमहानगरपालिका अन्तरगतको नगरस्तरिय बाल क्लवका अध्यक्ष बिमल विष्ट भन्छन्, – सरकारले बालबालिकाका लागि बनेको कानुनलाई कितावका पानामा मात्रा सिमीत राखेका छ । अझै पनि धेरै बालबालिका शिक्षाको पहुँचमा पुगेका छैनन् भने कयौ बालबालिकाहरु बालश्रममा लगाइरहेका छन् ।’
अर्कोतर्फ बालबालिकाहरु सामाजिक अपराधका पीडित पनि बन्न पुगेका छन् । बालदिवसको वास्तविक अर्थ बालबालिकाको अधिकार संरक्षण गर्नु र उनीहरुको अधिकारको सुनिश्चि गर्नु हो । स्थानीयतहहरुमा पनि बालबालिको अधिकार संरक्षणका लागि संवैधानिक अंगहरूको व्यवस्था गरिएको छ । विभिन्न समयमा बालबालिकाहरूको अधिकारको बहस पनि चल्ने गरेको छ तर सोचेजस्तो प्रतिफल भने पाउन सकेको छैन ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बालमैत्री स्थानीय शासनका लागि नगरले काम गरिरहेको तर अहिले कोरोना कहरमा बिद्यालय बन्द रहदा उनीहरुलाई शिक्षासँग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा काम गरिरहेको बताएका छन् । नगरको पहाडी, ग्रामीण तथा संक्रमणको जोखिम कम रहेका स्थानमा भौतिक दुरी कायम गर्दै पढाईसँग जोड्ने र सहर बजारमा अनलाईन कक्षाको ब्यवस्था गर्ने उनले बताए ।

घोराही उपमहानगरपालिकाभित्र प्रत्येक वडामा बाल क्लव त गठन गरिएको छ तर त्यसपछि बैठक बस्ने र आफ्नो अधिकार सुनिश्चित गर्ने काममा लागेका छन् कि छैनन्, कसैले पनि चासो राखेको देखिदैन । यस्तै घोराही १४ मा गठन गरिएको वडास्तरिय बाल क्लवकी सचिव कमला डाँगी भन्छिन्, – नगरका अन्य ठाँउका बाल क्लवसँग समन्वय गर्ने अवसर नपाएपनि हामीले हाम्रो वडालाई बालमैत्री वडाका लागि तयारीलाई तिव्र बनाउदै आएका छौ । लकडाउनभन्दा पहिले प्रत्येक साता वडाभित्रका बाल क्लवमा पुगेर बाल अधिकारकासाथै उनिहरुलाई क्रियाशिल बनाउने कुराहरु सिकाउदै आउका छौँ । हामीले गतवर्ष हाम्रै वडामा हुन लागेको एउटा बालबिवाह पनि रोक्न सफल भयौ ।

बाल सरोकारवाला व्यक्तिहरू बालमैत्री स्थानीय शासनको नारा उँचालेर हिँड्न थालेको पनि धेरै समय भयो तर भने भेटिदैन् ।

बालबालिकाले सबैभन्दा पहिले आफ्नो अधिकार खोज्ने ठाउँ घर हो भने पहिलो पाठशाला पनि घर नै हो । घोराही १४ को वडास्तरिय आमा समुहकी अध्यक्ष देवा सेनले घरपरिवार पनि पुर्णरुपमा बालमैत्रि बन्न नसकेको बताउछिन् । ‘ त्यसैले हामी घरपरिवारबाटै बालमैत्री हुन सिकौँ । प्रत्येक अभिभावकले बालबालिकाका कुरा सुनिदिने र उनीहरुको चाहनाको कदर गर्नु निकै जरुरी देखिन्छ ।’ सेनले वताइन् ।

अझैपनि समाजमा बालिकामाथि हुने बलतकारका घटनामा कमी आउन सकेको छैन् भने कयौ आमाहरुको ब्यवस्थित उपचारको अभावमा शिशुलाई जन्मदिदा मृत्यु हुने खालका घटनाहरु समाजमा अझै पनि छन् । त्यसैले सरकारले भासन र नारामात्रै होईन बालबालिकाको क्षेत्रमा प्रभाकारी काम गरेर देखाउन सक्नु पर्नेे अधिकारकर्मीले वताएका छन् ।

आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै छ, तर यसले बालबालिकाको अधिकारलाई नारामै मात्र सिमीत राख्ने देखिन्छ । त्यसैले अब बाल दिवस मनाउने बदल्नुपर्छ । जो सडकमा छन्, बिद्यालयमा जान पाएका छैनन्, सानैमा अभिबाक गुमाएर सहाराविहिन बनेका छन्, उनीहरुको उद्धार गरेर बाल दिवस मनाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस