अब पिसिआर २ हजारमै

खबरशाला संवाददाता  |  भदौ २८, २०७७

तुलसीपुर । सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम २ हजार कायम गरेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्तराष्ट्रिय बजारमा रिएजेन्टको मूल्य घटेको अवस्थामा शुल्क समायोजन गर्दा अब निजी वा सरकारी प्रयोगशालाले सबै खर्च गरेर २ हजारभन्दा बढी लिन नपाउने बताए। 

सुरुमा सरकार ५ हजार ५ सय परीक्षण शुल्क लिनेगरी तय गरेकोमा केही दिनअघि मात्रै ४ हजार ४०० शुल्क तय गरेको थियो। अहिले देशभरमा प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन्। देशभर निजी र सरकारी गरी ४७ वटा ल्याबबाट पिसिआर परीक्षण हुँदै आएकाे छ। 

प्रतिक्रिया दिनुहोस