तुलसीपुरमा २२ जनामा कोरोना पोजेटिभ

खबरशाला संवाददाता  |  भदौ २७, २०७७


तुलसीपुर । तुलसीपुरमा २२ जनामा कोरोना पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको ८९ जनाको स्वाब परिक्षणका क्रममा २२ जनाको पोजेटिभ आएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका र स्वास्थ्यकर्मी रहेका छन् । फोकल पर्सन केसीले विभिन्न कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका, समुदायस्तरका र स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस