प्रदेश ५ मा थप २ सय ४७ जनामा संक्रमण

भदौ २६, २०७७


घोराही । प्रदेशमा थप २ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लाका २ सय ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज सबैभन्दा धेरै रुपन्देहीमा १ सय २ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै रुपन्देहीपछि नवलपरासीमा ३५, कपिलबस्तुमा २८, गुल्मीमा २०, बाकेमा १८, प्युठानमा १३, पाल्पा १२, रुकुम पुर्वमा ११, दाङमा ४, रोल्पामा ३ र बर्दियामा १ जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८० रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा संस्थागत आईशोलेशनमा १ हजार १ सय २ र होम आईसोलेशनमा ६ सय १ गरी १ हजार ७ सय ८० संक्रमित उपचाररत रहेकाछन् ।

अहिले प्रदेशमा २२ जना संक्रमितको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । यस्तै अहिलेसम्म प्रदेश ५ मा अहिलेसम्म ६ हजार २ सय ४८ जना कोरोना मुक्त भएका छन् । प्रदेश ५ का बिभिन्न जिल्लामा क्वारेन्टाईनमा १ हजार २ सय ४० जना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस