सिटी मेट्रो हस्पिटलले दियो भिटिएम किट

भदौ २६, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई तुलसीपुरमा रहेको सिटी हस्पिटल र काठमाडौमा रहेको मेट्रो अस्पतालले भिटिएक किट सहयोग गरेका छन् ।


कोरोना समुदा स्तरसम्म पुगेको र कन्ट्रयाक्ट ट्रेसिग र स्वाब सकंलनमा समस्या भएको खबर पाए लगत्तै तुलसीपुरको सिटि हस्पिटलले कोरोना नियन्त्रणमा हातेमालो गर्न भन्दै तुलसीपुर उपमहानगरपालिका लाई पाचसय थान भिटिएम उपलब्ध गराएको छ ।


तुलसीपुरक्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमित व्यक्तिहरु भेटिन थालेपछि लकडाउनको समयमा समुदायमा नै अन द स्पट स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि दायरा वढायको छ ।

‘परिक्षणको दायरा वढेसंगै भिटिएमको अभावले थप परिक्षणको लागि समस्या भैरहेको थियो तर हाम्रो समस्यालाई मध्यनजर गर्दै सिटि हस्पिटलले भिटिएम उपलब्ध गराएकोमा खुसी लागेको छ ’ नगरप्रमुख पाण्डेले भने ।


साथै उनले कोरोना नियन्त्रणमा निजिक्षेत्रबाट समेत सहयोग भैरहेको भन्दै थप सहयोग गर्न सबैमा अपिल गरेका छन् ।


शुक्रबार तुलसीपुर सिटि हस्पिटलले दुई सय थान किट र मेट्रो हस्पिटल काठमाडौंले ३ सय १५ किट गरि ५१५ थान किट तुलसीपुर उपमहानगरपालिकाकोलाई हस्तान्तरण गरिएको थियो ।

तुलसीपुर सिटि हस्पिटल प्रालिका अध्यक्ष विमल रिजाल , सचालकहरु विनिल केसी र हेमराज शर्माले एक कार्यक्रमका बिच मेयर पाण्डेलाई किट हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस