ज्यामिरे दहमा पौडी खेल्दा डुबेर मृत्यु

खबरशाला संवाददाता  |  भदौ २४, २०७७

दाङ-दाङमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका-१३ ज्यामिरे दहमा डुबेर कलमघारी निवासी २२ बर्षीय जीवन बुढाको मृत्युभएको हो।

साथीहरु सँग पौडी खेल्न गएको बुढा डुबे पछि प्रहरीले मृत अबस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिए।

विना लाइफ जकेट उनि पौडि खेल्न दहमा पस्दा डुबेको बताईएको छ। उनीसँगै गएका अन्य ६ जना भने सकुशल रहेका छन्।

यसअघि चारदिन पहिले पनि घोराही ४ अमारे सोतामा बनाईएको जलाशयमा डुबेर एक युवकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस