दाङमा कोरोना संक्रमित ८४४ पुगे

खबरशाला संवाददाता  |  भदौ २४, २०७७


तुलसीपुर । दाङमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । वुधबार घोराहीमा थप एक जना महिलामा कोरोना पुष्टि भए सँगै संक्रमितको संख्या ८ सय ४४ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमित मध्य अहिलेसम्म ७ सय २७ जना भने कोरोना मुक्त भएका छन् ।

अहिले दाङमा १ सय १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए। उनीहरु अधिकांश घरकै आइसोलेशनमा छन भने केही अस्पतालमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस