शान्तिनगरमा समुदायस्तरका ५२ जनाको स्वाव संकलन

खबरशाला संवाददाता  |  भदौ २३, २०७७


तुलसीपुर । शान्तीनगर गाउँपालिकामा समुदाय स्तरमा कोरोना भए–नभएको थाहा पाउन स्वाव संकलन कार्य सुरु गरिएको छ । गाउँपालिका क्षेत्रमा कोरोना जोखिम बढ्दै गएपछि समुदाय स्तरमै कोरोना परिक्षणका लागी नमुना स्वाव संकलन कर्यलाई तिव्रता दिईएको गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार वडा नम्वर ६ र ७ का ५२ जनाको स्वाव संकलन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा समुदाय स्तरका ब्यक्ति, व्यापारी र घरपरिवारको नमुना स्वाव संकलन कार्य भईरहेको प्रवक्ता बुढाथोकीले बताउनुभयो । यस अघि गाउँपालिकाले समुदाय स्तरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी , कर्मचारीहरुको कोरोना परिक्षणका लागी स्वाव संकलन गरेको थियो ।

पछिल्लो समयमा समुदाय स्तरमै संक्रमणको जोखिम बढेपछि कोरोना आसंकामा समुदाय स्तरमा नमुना स्वाव संकलन गन थालिएको उहाँले बताउनुभयो । अन्य वडामा पनि स्वाव संकलन गरिने भएको छ ।

गाउँपालिकामा हाल सम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २४ जना संक्रमित निको भईसकेका छन् भने ४ जना उपचाररत रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि बहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस