राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सशुल्क परिक्षण गर्न सकिने

खबरशाला संवाददाता  |  भदौ २३, २०७७


तुलसीपुर । सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सशुल्क कोरोना भाइरसको पिसिआर परिक्षण अनुमति दिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर आवश्यक नागरिकहरुलाई पिसिआर परिक्षणको अनुमति दिएको हो ।

प्रतिष्ठानमा एकै दिन कम्तिमा एक हजारको पिसिआर परिक्षण क्षमता भएको अवस्था भएपनि आवश्यक किट र भिटीएम सरकारले उपलब्ध नगराएको अवस्थामा प्रतिष्ठानले सशुल्क परिक्षणको अवधारणा अनुरुप अघि बढेको हो ।

नेपाल सरकारले तोकेबमोजिम प्रतिव्यक्ति व्यक्ति ४ हजार ४ सय रुपैँया लिएर पिसीआर परिक्षण गरिने प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस