दाङका ३ जनामा संक्रमण पुष्टि

खबरशाला संवाददाता  |  भदौ २३, २०७७


तुलसीपुर । मंगलबार दाङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा दाङका ३ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा गढवा गाउँपालिकाका २ र शान्तिनगरका १ जनामा रहेका छन् । गढवा गाँउपालिका वडा नम्वर ४ की एक महिला र वडा नम्वर ८ का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यी दुबै संक्रमित भारतबाट आई क्वारेनटाईनमा बसेको गाउँपालिकाले जनाएको छ । यस्तै भैरहवाबाट आई होम क्वारेनटाईनमा बसेका शान्तिनगर गाउपालिका वडा नम्बर ७ का एक जनामा कोरोना देखिएको छ । योसँगै दाङमा कोरोना संक्रमित कुल संख्या ८ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस