भारतमा एकैदिन ११३३ संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  भदौ २३, २०७७

तुलसीपुर। भारतमा पछिल्लो चौबिस घण्टामा थप ७५ हजार ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै अब भारतमा कोरोना संक्रमितको कुल संख्या ४२ लाख ८० हजार २३२ पुगेको छ।

भारतको केद्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले चौबिस घण्टाको अवधिमा ११३३ जनाको कोरोना संक्रमणका कारण मृत्य भएको जानकारी दिएको छ।

भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ८ लाख ८३ हजार ६९७ रहेको छ भने ३३ लाख २३ हजार ९५१ संक्रमित निको भएका छन्।

अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने ७२ हजार ७ सय ७५ रहेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस