किरियापुत्रीको घरमै पुगेर स्वाब संकलन

खबरशाला संवाददाता  |  भदौ २२, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले किरियापुत्रीको घरमै पुगेर स्वाब संकलन गरेको छ । कोभिड फोकल पर्सन विमल केसीका अनुसार वडा नम्बर ११ को हसनापुरमा रहेका ३ जना किरियापुत्रीहरुको स्वाब संकलन गरिएको हो । बुवाको मृत्यु पश्चात किरिया गर्नका लागि भारतबाट आएका पूर्णवहादुर वस्नेत, शान्ता बस्नेत र निमवहादुर वस्नेतको किरिया बसेकै ठाउँबाट स्वाब संकलन गरिएको हो । पिसिआर परिक्षण नगर्दा अन्य भाइहरुसँग सँगै बसेर किरिया नगर्न गाउँलेले सुझाब दिएका थिए ।

भारतबाट आएको हुँदा कोरोना संक्रमणको जोखिम हुने भन्दै उपमहानगरपालिकाको टोलीले उनीहरुको स्वाब लिएको कोभिड फोकल पर्सन केसीले जानकारी दिए । रिपोर्ट नआउँदा सम्म छुट्टै किरिया वस्ने पनि परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस