संक्रमितको संख्या २ करोड ७० लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

खबरशाला संवाददाता  |  भदौ २२, २०७७

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ७० लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ७० लाख २ हजार २ सय २४ जना  संक्रमित भएको तथ्यांक रहेको छ। 

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या ६२ लाख ७५ हजार ६ सय १४ पुगेको छ। त्यस्तै  ब्राजिलमा ४१ लाख ३७ हजार ५ सय २१, भारतमा ४१ लाख १३ हजार ८ सय ८१ र रुसमा १० लाख २२ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। 

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ८२ हजार  नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ८ लाख ८२ हजार ५३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा १ लाख ८८ हजार ९ सय ३२,  ब्राजिलमा १ लाख २६ हजार ६ सय ५०,  मेक्सीकोमा  ६७ हजार ५ सय ५८, बेलायतमा ४१ हजार ६ सय ४०, इटालीमा ३५ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ८० लाख ५४ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ। 

सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३५ लाख २१ हजार ९ सय ३३, अमेरिकामा २३ लाख १५ हजार ९ सय ९५, रुसमा ८ लाख ३८ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ४६ हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २८ हजार  ९ सय ४१ जना संक्रमणमुक्त भएका छन् भने २ सय  ८९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय ११ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजार ६ सय २६ पुगेको छ। भारतमा हालसम्म ३१ लाख ८० हजार  ८ सय ६५ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    
पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार ५ सय ९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८५ हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २५ हजार १ सय ५७ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख २१ हजार २ सय ७५ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ३ सय ९८ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय १२ जनाको मृत्यु भइसकेको छ भने ३० हजार ५ सय ३७ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ५ सय ८४ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ९ सय ३६ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय २३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय २५ रहेको छ।

भुटानमा संक्रमितको संख्या २२८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५० छ।

प्रतिक्रिया दिनुहोस