दाङमा काेराेना संक्रमितकाे संख्या ८ सय नाघ्याे

खबरशाला संवाददाता  |  भदौ २१, २०७७

तुलसीपुर – दाङमा कोरोना भाइरसका संक्रमितको संख्या ८ सय नाघेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिलेसम्म कूल संक्रमितको संख्या ८ सय १ पुगेको छ ।

अहिले सम्म घोराहीमा ३ सय २१, तुलसीपुरमा १ सय १, लमहीमा ३५, बंगलाचुलीमा १ सय ६०, बबईमा ३२, दंगिशरणमा ६, शान्तिनगरमा ३६, राप्तीमा ३८, गढवामा ४६ र राजपुरमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

दाङमा संक्रमित भएका मध्य ४ जनाको ठेगाना नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच संक्रमित मध्य ८८ प्रतिशत व्यक्तिहरु कोरोना मुक्त भएका छन् ।

कूल संक्रमित ८ सय १ जना रहेको र ति मध्य ७ सय ६ अर्थात ८८ दशमलब १३ प्रतिशत व्यक्ति कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

दाङमा अहिले ९३ जना सक्रिय संक्रमित रहेका र उनीहरु विभिन्न आइसोलेशनमा रहेका छन् । यसैबीच बबई र बंगलाचुलीमा पुष्टि भएको सबै संक्रमितहरु कोरोना मुक्त भएका छन् । बबईमा ३२ र बंगलाचुलीका १ सय ६० जना सबै कोरोना मुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस