निजी विद्यालयले अनलाइन कक्षाकाे शुल्क लिन पाउने

खबरशाला संवाददाता  |  भदौ १, २०७७

तुलसीपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । 

शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् । 

‘निजी विद्यालयले शुल्क लिन पाउँछन्,’ उनले भने, ‘शुल्कका विषयमा स्थानीय तहले निर्णय गर्नुपर्छ । निजीमा कार्यरत शिक्षक र कर्मचारीको ध्यान दिनुपर्नेछ ।’

मन्त्री पोखरेलले स्कुल तहको संश्लेषित पाठ्यक्रम तयार भइरहेकाले विद्यालयलाई भदौभित्र उपलब्ध गराइने बताए ।

‘विषय समितिले न्यूनतम ७० प्रतिशतसम्म पाठ्यक्रम समायोजन गर्ने गरी काम गरिरहेको छ,’ उनले भने, ‘भदौभित्र विद्यालयलाई उपलब्ध गराउँछौँ ।

प्रतिक्रिया दिनुहोस