प्रदेश ५ का अस्पतालमा ५ सय ८३ स्वास्थ्यकर्मी थपिदै

खबरशाला संवाददाता  |  भदौ १८, २०७७

प्रदेश ५ सरकारले आइसोलेसन अस्पतालका लागि थप जनशक्ति र बजेट स्वीकृत गरेको छ। बिहीबार बसेको प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
 
करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने प्रदेश सरकारले जनाएको छ। ति जनशक्ति तीन महिनाको लागि रहनेछन्।
 
 
प्रदेश सरकार, मन्त्रिपरिषदको आज मिति २०७७ भदौ १८ गते बसेको बैठकले गरेका निर्णय जस्ताको तस्तै
 
१. आइसोलेसन अस्पतालहरुको जनशक्ति र बजेट स्वीकृत गरेको छ।

जसअनुसार ५ सय ८३ जना जनशक्ति र जनशक्तिका लागि आवश्यक तलबभत्ता ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंयाँ निकासा गर्ने निर्णय गरेको छ। यो तीन महिनाको लागि हो । करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने छन्।
 
चार वटा कोरोना विशेष अस्पतालमा बेड र जनशक्तिको व्यवस्थापन

१. लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना आइसियु १८, एचडि बेड २०, आइसोलेन वेड ३६ गरी कुल ७४ रहने त्यसका लागि १ सय ८९ जना जनशक्ति राख्ने ।
 
२. भीम अस्पताल भैरहवा आइसियु ५, एचडि बेड १३, आइसोलेसन ९ गरी २७ रहने त्यसका लागि ७१ जना जनशक्ति राख्ने।
 
३. केन्द्रीय आर्युवेद बेलझुण्डीमा आइसियु १०, एचडि बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने त्यसका लागि १ सय ७१ जनशक्ति राख्ने।
 
४. भेरी अस्पताल बाँकेमा आइसियु १०, एचडि बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र त्यसका लागि १ सय ५२ जना जनशक्ति राख्ने ।
 
रकम निकासा

लुम्बिनी प्रादेशिक बुटवल— १ करोड ७५ लाख ११ हजार ९ सय ६०, भीम अस्पताल भैरहवा ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आर्युवेद बेलझुण्डी १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँके १ करोड ४० लाख ७२ हजार ६ सय ४० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० निकासा गर्ने निर्णय।
 
२.प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा खुला प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ। जसमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवा तर्फका ७२ जना रहेका छन्।
 
इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५,सिंचाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्टर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना ।
 
स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जना
 
३. प्रदेश नम्बर ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
 
४. भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने ।
५. विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।
 
६.प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने।

प्रतिक्रिया दिनुहोस